कर्कट राशिलाई मिहिनेत गर्दा मंसिर महिना उपलब्धिमूलक हुनेछ। तर लक्ष्यको उचाइ प्राप्त गर्न केही समय लाग्न सक्छ। सामान्य स्वास्थ्य समस्या देखिनाले पूर्ण समय काममा जुट्न नसकिएला। समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्। शुभचिन्तकको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषितर्फ उत्पादनको मूल्य प्राप्त हुनेछ। पशुपालनबाट पनि मनग्य लाभ उठाउन सकिनेछ। राम्रो सवारी तथा विभिन्न भौतिक साधनहरू जुटाउने समय छ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। घरमा सुख–समृद्धि बढ्नेछ। अध्ययन र लेखनतर्फ प्रगति हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। कामबाट नियमित आयआर्जन हुनेछ। विदेश ताक्नेहरूलाई महिनाको उत्तरार्धमा यात्राको साइत जुर्न सक्छ।
२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।
अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले काम बन्नेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। तत्काल सामान्य लाभ भए पनि पछिलाई फाइदा हुनेछ।
Comments
Post a Comment