Skip to main content

२०८० | वार्षिक राशिफल

 यो वर्ष मध्यम फलदायी रहेको छ। कर्मभावका बृहस्पति र राहुको संयुक्त उपस्थितिले वर्षको पूर्वार्धमा अवसर र व्यवधानका उतारचढाव देखापर्नेछन् भने मिहिनेतले आंशिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। उत्तरार्धमा अधुरा काम सम्पादन गर्दै नोकरीमा प्रवेश वा पदोन्नति तथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने र उपलब्धि जोगाउन सकिने ग्रहयोग छ। कष्टभावमा शनिको उपस्थितिले हुने साढेसाती प्रभाव भने वर्षभरि पीडादायी बन्न सक्छ। खास गरी जन्मकुण्डलीमा शनि अशुभ हुनेहरूका लागि दुर्जनको संगत, दुव्र्यसन, अर्थहानि, मानहानि, स्वास्थ्य–हानि, लाञ्छना, सहयोगीहरूबाट धोका, आफन्तसँग मतभेद, गृहकलह, अभाव, बन्धन, विपत्ति, कष्ट जस्ता विघ्नबाधासँग संघर्ष गर्नुपर्ने देखिन्छ। असोजसम्म कर्मभावमा राहुको उपस्थितिले कर्मक्षेत्रमा वादविवाद भइरहनेछ। उद्देश्य प्राप्तिका लागि नीतिनियम मिचेर अघि बढ्नुपर्ने हुँदा धेरैको विरोधसमेत सामना गर्नुपर्ला। पितामाता र अधिकारीवर्गसँग मतभेद बढ्नेछ। गृहसुखमा केतुको प्रभावले घरमा मन नअडिने र आफन्तसँग असमझदारी बढ्ने सम्भावना देखिन्छ। छाती तथा पेटको समस्याले स्वास्थ्यबाधा निम्त्याउन सक्छ। कार्तिकदेखि पराक्रममा केतु र भाग्यभावमा राहुको प्रवेशसँगै कर्मभावमा बृहस्पतिको एकल उपस्थितिले पेसा–व्यवसायमा सुधारका संकेतहरू देखा पर्नेछन्। आर्थिक उन्नतिको मार्ग प्रशस्त हुनेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। अध्ययनले नया“ गति लिनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनेछ। र, मिहिनेतले बलियो नोकरीका साथै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न समयमै ग्रहशान्ति गर्नुहोला। शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा–आराधना गर्नाले शनिदोष शान्त हुनेछ। राहु र केतुको प्रतिकूल प्रभावबाट बच्न बटुकभैरव र छिन्नमस्ता भगवतीको दर्शन–पूजा गर्नुहोला। वैशाख, जेठ, असोज र पुस महिना बढी लाभदायक रहनेछन् भने असार, कार्तिक र फागुन महिना केही कष्टदायी रहनेछन्।



उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

Comments

Popular posts from this blog

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले काम बन्नेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। तत्काल सामान्य लाभ भए पनि पछिलाई फाइदा हुनेछ।

२०७३ सालको बार्षिक राशि फल

प्रारम्भमा धन तथा वाणीभावमा रहेका बृहस्पतिको प्रभावले इच्छाशक्ति एवं काममा लगनशीलता बढ्नेछ। आर्थिक तथा बौद्धिक क्षेत्रमा उन्नति हुनेछ। प्रतिभा प्रदर्शन गरेरै विभिन्न अवसर प्राप्त गर्न सकिनेछ। पुरस्कार तथा मान–सम्मान हातलागी हुने सम्भावना छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने समय छ। व्यवसाय फस्टाउनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ। प्रेम वा दाम्पत्य सम्बन्ध पनि स्थापित हुन सक्छ। साउन २२ पछि बृहस्पतिको प्रभाव कमजोर बन्नाले आत्मविश्वासमा कमी आउनेछ। उद्योग–व्यवसाय लगाव बढे पनि सञ्चित धन अरूको हातपर्नाले आर्थिक स्थिति कमजोर बन्ने देखिन्छ। अरूकै फाइदाका लागि प्रयोग भइने सम्भावना देखिएकाले सजग रहनुहोला। वाणीस्थानका राहुले वादविवाद निम्त्याउने देखिन्छ। अर्थ सञ्चयमा बाधा हुनेछ भने आलोचकहरूले छिद्र खोतल्ने प्रयास गर्नेछन्। विद्याभावका शनिको प्रभावले प्रगतिमा ढिलाइ तथा पेटको समस्या निम्त्याउने सम्भावना छ। आफन्तजन आफूविरुद्ध उभिनाले एक्लोपनाको अनुभूति हुनेछ। विधिपूर्वक राहु र शनिको आराधना गरी वटुक भैरव तथा काली भगवतीको पूजा–उपासना गर्नाले अप्ठ्यारो परिस्थितिमा पन...

कर्कट राशी

२०६६ साल » कर्कट राशी ही हु हे हो डा डि डु डे डो यो २०६६ साल हो । यस वर्ष राहुले सातौँ र केतुले पहिलो स्थानको भ्रमण गर्दैछन् । राहु र केतुको यो स्थानमा रहन्जेल सम्मको प्रभावले तपाईको संगत कुनै कन्जुस मानिसँग होला । समझदारीको वृद्धि होला । पारिवारिक कलहको सामना गर्नुपर्ला । अव्यवस्थित दिनचर्याले चिन्ता उत्पन्न होला । समाजको सेवामा लाग्नाले अनाथलाई नाबालकलाई सहयोग गर्नाले, बुढाबुढीलाई सहयोग गर्नाले बिग्रिएका कामहरु बन्लान् । देवताको शक्ति र आराधनाले मनमा शान्ति मिल्ला । कार्त्तिक १८ गतेबाट राहु छैठौँ र केतु बाह्रौ स्थानमा जानाले तपाईलाई उदर पीडाको सामना गर्नुपर्ला । हड्डीमा पीडा होला । तपाईमा मानसिक तनाब बढ्ला । एक्लै टाढाको यात्रा नगर्नु राम्रो हुनेछ । पत्नी र बच्चामा आन्तरिक दुःख हुनेछ । ब्राहृमणको संगतले कुनै काम बन्ला । पारिवारिक जीवनसंर्घषपूर्ण रहला । वैशाख ६ गतेबाट बृहस्पति आठौँ स्थानमा जानाले तपाईलाई अशुभ फलको प्राप्ति होला । कहीँ पनि शान्ति हुने छैन । बाहनबाट वा अन्य कुनै कारणबाट दुर्घटनाको योग छ । नीजि अधिकारको काम गर्दा हानी हुनेछ । लिवरको खराबी हुनसक्ला । साउन २४ गतेबाट गु...