
कर्कट राशी
ही हु हे हो डा डि डु डे डो
जीवन फल
तपाईलाई थोरै लाभ, थोरै सफलता भए पनि सन्तोषको श्वास फेर्नुहुन्छ । नाटकीय स्वभावले, आफ्नो कर्तव्यले, बेफिकर तथा प्रेमवसमा अधिक पर्ने आदत हुनेछ । सोही बमोजिम रोगले दुःखी, डरपोक स्वभाव, चञ्चल वुद्धि, जलाशयको समीप रहने इच्छा, मोहित पदार्थम प्रेम तथा व्यापार क्षेत्रमा अर्ध कुशल हुने कर्कट राशिको लक्षण हो । तपाईको ज्ञान शक्ति तथा नीतिको आधारमा तपाईलाई अनेक मानिसको बल मिल्नेछ । परिवार तथा समुदायको वीचमा आफ्नो महत्व प्रमुख अस्तित्व कायम राख्नुहुन्छ । निश्चित कार्य प्रगति गर्न सक्नुहुन्छ । मंगल कार्य व्रत उपवासादि धार्मिक कार्यमा निर्भर रहने र आफ्नो कार्य बनाउन सक्षम हुनुहुन्छ । आफ्नो जीवनमा अनेक वस्तुको संग्रह गर्न चतुर रुपवान र हस्तकलामा निपूर्ण हुनुहुन्छ । सुशील स्वभाव, विद्या सम्पन्न, कुलश्रेष्ठ, प्रसन्न सुखी उदारचित्त तपाईको छ ।
स्त्रीदेखि विनययुक्त, ऐर्श्वर्यवान, भाग्यवान, व्यक्ति तपाई हुनुहुन्छ । आनन्द रहने प्रवृति, क्रान्तिवान चेहरा, स्पष्ठवक्ता, कार्यदक्ष, श्रेष्ठ गुणी, धूर्तमनुष्यको संगतिले दुःखी एवं स्वाभिमानपूर्वक अर्काको काम गर्ने सिद्धहस्त हुनुहुन्छ । दयालु सुन्दरशील तथा अतिथि, देवता, ब्राहम्णको भक्ति विनययुक्त गर्ने रुचि तपाईमा छ । प्रजाजन र समाजबाट सम्बन्धित हुनुहुन्छ । स्त्रीको जस्तो विचारधारा आदत तपाईको छ । र्सार्वजनिक आन्दोलनमा भाग लिने, समाजमा नेता बन्न ससकाउने, चतुर मानिसको अनुकुलता प्राप्त गर्ने, स्वतन्त्र वृत्ति हुनेछ । चमत्कार रचना गर्ने तथा सानो सम्प्रदायलाई मार्गदर्शन गर्नु कर्कट राशिको गुण हो । प्रतिवर्ष जनवरी मास र प्रतिमास ६,९,१ड र २७ तारिख वुधवारको दिन मिथुन, तुला, कुम्भ राशिवाल व्यक्ति तथा काला रंगको वस्त्रादि पदार्थ तपाइको लागि ठीक छैन । तपाईको कर्कट राशिको स्वामी चन्द्रमा हुनुहुन्छ ।
विराट पुरुषको मनमा चन्द्रमाको उत्पत्ति हुने भएकोले चन्द्रमाको समस्त शुभाशुभ प्रभाव आफ्नो जीवनमा व्याप्त हुनेछ । यदाकदा ऋणको चिन्ता, हृदयरोग, अल्प आम्दानीले गुजारा गनुपर्नेछ । विषम ज्वरो, कुटुम्बमा विरोध, प्रत्यक्ष रहनेछ । परन्तु मान प्रतिष्ठा सुरक्षित रहनेछ । खल्तीको तल या पाउको कुनै ठाँउको तिलको चिन्ह दाग पनि हुनसक्नेछ । सकेसम्म कर्कट, वृश्चिक, मीन राशिवालासँग मित्रता गर्दा कष्ट त्यति हुनेछैन । पेट, गर्दन, गला, आँखा, पाँउमा रोग वा यिनै अंग कतै खूनी हुनेछ । तपाईलाइ दाँतको रोगले दुःख दिनेछ । राजनीति, साहित्य, कानून र विज्ञानसम्बन्धी विषयमा तपाइको प्रमुख इच्छा हुन्छ । पति पत्नीको सम्बन्ध सन्तोषजनक हुनेछ ।तर कलह, झगडा यदाकदा पर्दै रहनेछ । कार्यसिद्धिको लागि अनेक वाधा विरोध झन्झटको सामना गर्नुपर्ला । गृह कलह, धन हानि, परिवारमा कष्ट तथा नोकरी य व्यापारमा कसैद्धारा धोखा प्राप्त हुनेछ । शिक्षा तथा ज्ञान प्राप्तिको क्षेत्र मिहेनत गरे सफल हुनेछ । जीविका र परिवार सञ्चालनको दृष्टिले तपाइको महत्वपूर्ण एवं उत्तम भाग्य रहनेछ । दिमागी कार्यको बुद्धि, बुद्धिको विकास, नयाँ नयाँ कामको झुकाव तथा सानो ठूलो कोही व्यक्तिको मित्रता राख्नुहुनेछ । तपाईको शरिर स्वस्थ नरहने हुनाले पूरापूरा सुखको आनन्द नहुन सक्छ ।
वाधा, अशान्ति, शोक, चिन्ता, नोक्सान मजदुरी आदि अनेक प्रकारको परिस्थितिको पैद हुनेछ । अन्त्य उमेरम सुख शान्ति र प्रसन्नताको समय होल । परिवार इष्टमित्र, कारोबार घर जयाजेथा र तरतरहको सुख शान्ति र प्रसन्नताको समय होला ।
वाधा, अशान्ति, शोक, चिन्ता, नोक्सान मजदुरी आदि अनेक प्रकारको परिस्थितिको पैद हुनेछ । अन्त्य उमेरम सुख शान्ति र प्रसन्नताको समय होल । परिवार इष्टमित्र, कारोबार घर जयाजेथा र तरतरहको सुख शान्ति र प्रसन्नताको समय होला ।
स्वभाव र चरित्र
कर्कट राशिको स्वामी चन्द्रमा ग्रह हो । चरित्र जलतत्व उत्तर दिशा पति सौम्य र चर संज्ञ पृष्ठोदय, रात्रि बलि राशि हो । यस राशिका मानिसहरु अरुको मनको कुरा जान्न सक्ने, व्यवसाय धैर्यपूर्वक सफलता गर्ने हुन्छन् । कार्य क्षेत्रमा बाधा रोकावट पर्न गए आत्तिने बानी भएमा हुन्छन् र कार्य त्याग पनि गर्न सक्दछन् । तर धन कीर्ति पछिको कल्पना गर्ने, यो मेरो कीर्ति होस् भन्ने खालका हुन्छन्, यिनीहरु आफ्ना जिम्मामा आएका कार्य पूरा गर्न कार्यको विध्न परेमा सावधानीपूर्वक पूरा गर्न पनि हिच्किचाँउदैनन् । आफूले गरेको कार्यको कीर्ति राख्ने आशा गर्दछन् । मन भने धेरै दौडन्या खालको हुन्छन् । कडा भएर पनि फेरि नरम हुनु यिनको गुण हो । अर्काको सम्मानको आशा राख्ने, पूरानो रुढिवादी जस्तै मन्त्र, तन्त्र, ज्योतिष ज्ञान गुणमा श्रद्धा राख्ने विशेष रुचि भएका हुन्छन् । यिनीहरुले कल्पना गर्न नसक्ने कार्य पनि पूरा गर्न सक्दछन् । अरुबाट आफ्नो तारिफ लिन चाहने खालका हुन्छन् ।
प्रेम सम्बन्ध
यस राशिका नर नारीहरुमा सच्चा किसिमको प्रेम हुन्छ । यिनको परिवार, पत्नी, सहकर्मी, नोकरमा पनि एक पक्षीय प्रेम हुन्छ । प्रेमको सम्बन्ध पनि चाँडै चाहन्छन् । तर्सथ आफूसमान जीवनसाथी यिनलाई प्रिय हुन्छ । प्रेमको मार्गमा कुनै रोकावट बाट पनि विचलित हुदैनन् । यिनलाई नराम्रो लत भएक मानिसहरुले भुलाउन सक्छन् । यिनलाई प्रेम स्वार्थका लागि कहि हानि पनि हुन्छ । आफ्नु प्रेमीले गर्दा अर्को समस्या उत्पत्ति हुन जान्छ । सिंह, धनु र मकर सँगको प्रेम क्षणिक मात्र हुने देखिन्छ । अन्य राशिसँग भने प्रेमरुपी जीवन सफल हुन सक्नेछ । यिनीहरु कसैलाई पनि एकैछिनमा आफ्नो प्रेममा फसाउन सक्छन् । अर्थात् अचानक भेट भएमा पनि प्रेमजालमा कुरा गरेर पार्न सक्छन् । यिनीहरु विपरीत लिंग प्रति अत्यन्तै आकषिर्त हुने गर्छन् । यिनीहरु एक पटकमा एकजना सँग मात्र प्रेमसम्बन्ध राख्ने गर्दछन् ।
अन्य राशिसँगको सम्बन्ध र यसबाट हुने लाभहानि
कर्कट राशिको मेष राशि सँग
मेष राशिको कर्कट राशिसँग मित्रता, आलोचनात्मक र हास्यपद हुनेछ । अतः मित्रताको अपेक्षा पारिवारिक सम्बन्ध बनाएमा हितकर रहनेछ । कर्कटको सुरक्षा गरेमा मेष प्रयत्नशील हुनेछ । कर्कटले मेषको उग्रतालाई शान्त गर्नेछ । यदि मेष कर्कटको विरोध पर्यो भने राम्रो स्थितिमा अस्तव्यस्त हुन पनि सक्छ । व्यापारिक समझदारी शुभ हुँदैन । पति पत्नीको रुपमा सफल दाम्पत्य जीवन हुनेछ । सहयोगी,सहकमी या सहचरको रुपमा अलग अलग स्थानमा रहेमात्र दुवैको अस्तित्व सुरक्षित रहनेछ । अत्यधिक निकटका भावात्मक सम्बन्ध जुध्नाले एकका लागि दोस्राको विलय हुनेछ र निकट सम्बन्ध राम्रो छैन ।
वृष राशि सँग
कर्कट राशिको वृष राशिसँगको सम्बन्ध सन्तुलन रहनेछ, स्थायी हुनेछ । कर्कटका लागि वृष सेवक, सहायक तथा पोषको बन्नेछ । कर्कट सदैव आफ्नो रुचि प्रदर्शनको आकांक्षा राख्नेछ । यी सबै वृषको सहन गर्ने स्वभाव हुन्छ । सुदृढ आधार विना यिनको भिन्नता परस्पर सहायकरुपमा परिणत हुनेछ । वृषको सर्म्पर्कबाट उच्छृंकलता शान्त हुने र कर्कटको सर्म्पर्कले वृषको क्रोध शान्त हुन्छ । अतः पति पत्नीको रुपमा वा विवाहिता जीवन आनन्दपूर्ण हुनेछ । व्यावसायिक भागिदारी फलदायी हुनेछ । नवीन खोजीमा दुवैको मन मिल्नेछ ।
मिथुन राशि सँग
कर्कट राशिको मिथुन राशिसँगको सम्बन्ध परस्पर प्रीतिदायक हुनेछ । बाबुछोरा या सेवक, स्वामीको रुपमा यिनको भूमिका निर्वाहको क्षमता हुनेछ तर यिनको सम्बन्ध भंग गर्ने विरोधी तत्व पनि कमी नहोलान् । यिनको विचार शक्तिको खोजी प्रवृति र मेलमेलापको रगंढंग निराशा हुनेछैन । कर्कटबाट मिथुनलाई लाभ हुनेछ । परस्परिक सहयोगले उद्योग व्यवसाय सफल हुनेछ तर यिनको बन्धनरहित जीवन अभ्यस्त बन्नेछ । पारिवारिक वातावरणको प्रेरणा मिल्नेछ । मिथुन पुरुष र कर्कट स्त्रीको विवाह भए दाम्पत्यजीवन सफल हुनेछ र यिनका सन्तान भाग्यशाली यशस्वी हुनेछन् ।
कर्कट राशि सँग
कर्कटको कर्कट राशिसँग सम्बन्ध भएमा हरेक उचित कार्य सम्पन्न गर्ने प्रेरणा मिल्नेछ । यिनको सहयात्रा सुखकर हुनेछ । यिनको हृदयमा व्रि्रोहको जन्म भयो भने क्रियाशीलताको अन्त्य हुनेछ । यिनीहरु परस्परमा एक अर्काको गुप्तभेदको प्रकट गर्ने राशि हुन् । विवाह सर्म्पर्क सहयोग एवं सम्झौताका लागि कर्कटमा कर्कटको सम्बन्ध राम्रो हुन्छ । भावनाको दुरी व्यापक हुनेछ । हरेक किसिमले आत्मसात गर्ने प्रवृत्ति हुनेछ । अनेक चोट खाएर कष्ट खाएर पनि कर्कट - कर्कट दुइ राशिको स्त्री पुत्रादि आदर्शवादी बन्नेछन् । यी कर्कट राशिका व्यक्तिहरु एक सच्चा मित्र हुनेछन् ।
सिंह राशि सँग
कर्कट राशिको सिंह राशिसँग नैर्सर्गिक प्रेम रहन्छ । सिंहप्रति कर्कट समर्पित हुन्छ । सिंहको व्यक्तित्वको सतहसम्म पुग्न कर्कटका लागि सरल हुँदैन । सिंहको वृद्धावस्थासम्म सेवामा संलग्न हुनुपर्नेछ । कर्कटबाट सिंहको मान्यता बढ्नेछ । केवल एकले दोस्रोको सम्मान हरबखत गरेमा स्थिर हुन सक्छ । केही टाढा भएमा वा रहेमा यी दुइको सम्बन्ध राम्रो रहन्छ, साथी हुनेछ । एकको रहस्य दोस्रोसँग गोपनीय रहन्छ । पतिपत्नीको विषयमा यिनको सम्बन्ध विनासन्देह सफल हुन्छ । सिंह राशिवालाको उग्रता कठोर भएपनि कर्कट राशिवालाबाट शान्त गर्ने क्षमता रहन्छ । यदाकदा सिंहको गर्जन असह्रनीय भएपनि दुइ मन एक अर्काप्रति आसक्त रहन्छन् । स्वामी मित्र पर्ने हुँदा वैवाहिक जीवन फलदायी हुनेछ ।
कन्या राशिसँग
कन्या राशिको कर्कटसँग न्यायोचित सम्बन्ध रहन्छ । कर्कट स्त्री, कन्या पुरुषप्रति प्रेमले समर्पित हुनेछ । प्रेम आजीवन गोपनीय राख्न सक्षम हुनेछ । कन्याद्धारा कर्कटको घरेलु जीवन स्थिति सम्पत्ति एवं स्थायित्वमा राम्रो प्रभाव पर्नेछ । कम आयु भएको कर्कटको मित्रता अधिक आयु भएको कन्या राशिवालासँग योग्य हुन्छ । यदि कर्कटको कडा ग्रह परेमा सम्बन्ध विच्छेद हुने सम्भावना रहन्छ । कर्कटबाट कन्यालाई शक्ति मिल्नेछ । कन्याको धन सम्पत्ति विस्तार एवं सौर्न्दर्यप्रति कर्कटको विशेष लगाम हुनेछ । अथवा तान्ने डोरी हुनेछ । पति पत्नी भागिदारीमा सम्बन्ध सफल रहन्छ ।
तुला राशिसँग
कर्कट राशिको तुला राशिसँग सम्बन्धले जन्म जमान्तर प्रेम हुनेछ । तुला कर्कटको साथ सहकर्मी, सहचर तथा परस्पर सहयोगी बन्नेछ । अत्याधिक नाजुक स्थितिमा पनि सावधानी भइ यिनको सम्बन्धको निर्वाह हुनेछ । दुवैको निष्कपट हृदय हुनेछ । परस्पर सुमधुर सम्बन्ध कायम हुनेछ । बूढो भएर वा दुःख परेमा यिनको मधुरताको स्थिति रहन्छ । दुवैको आपसी सर्म्पर्कमा एकले दोस्रोको बौद्धिक विकास गर्ने हुँदा आध्यात्मिक अभिरुचि विस्तृत बन्नेछ । पति पत्नीको रुपमा सफल दाम्पत्य जीवन सोभाग्य सन्तानका लागि संवर्धक हुनेछ । यिनीहरु पार्टनरीय ग्रुप आदिमा पनि एककृत भएका हुन्छन् । आफ्नो प्रेमको स्थायित्व हुनेछ ।
वृश्चिक राशिसँग
कर्कट राशिको वृश्चिक राशिसँग सम्बन्ध कष्टकारी हुनेछ । यिनको सम्बन्ध विनोदनीय हुन्छ तर मन र दलबदल पनि हुन्छ । राशिको स्वामी मित्र ग्रह भएकोले अरु दोषको नाश हुनेछ । कर्कट वृश्चिकको परस्पर आत्मीय सम्बन्ध अवश्य रहन्छ । जलतत्व प्रधान राशि हुँदा वैवाहिक पति पत्नीको रुपमा सफलै हुनेछ । किन्तु तथ्यात्मक प्रसंगमा बाहिरी मनोरञ्जन प्रवृतिबाट बच्न अनिवार्य पर्नेछ । वृश्चिकको लागि कर्कट राशि एक उत्तम साथी हुन्छ । परस्पर सहयोगको भावना बढ्नेछ । दुवैको सहयात्रा लाभकारी हुन्छ । दुवै मिलेर अनुसन्धान कार्य गर्न सफल हुनेछन् । परिवारको सहायता पनि हुनेछ ।
धनु राशिसँग
कर्कटको धनुराशि एकपक्षीय हितकारी सम्बन्ध रहनेछ । दुवैको सम्बन्धमा सुदुर यात्रा हुनेछ । कुनै समस्या पैदा भएमा एकको प्रलय र दोस्राको चुनौती हुनेछ । यी राशिहरुको षडकाष्ट परेको स्वामी मित्र छ । कर्कटबाट धनु उत्सुक हुन्छ । धनुबाट कर्कटले आत्म त्याग गर्ने प्रेरणा मिलेको महसुस गर्छ र पति पत्नीमा केही समयसम्म सफल रहन्छ । परन्तु भिन्नता भागीदारी राम्रो हुँदैन । ठूला मानिस तथा समाजको बीच कानूनी स्तरमा आपसमा सन्धि मेलमिलाप हुनेछ । आपसमा एक दोस्राको प्रति मनमुटाव भइ दुर्भावना उठ्नेछ ।
मकर राशिसँग
कर्कट राशिको मीन राशिसँगको सम्बन्धमा परस्पर ठाकठूक रहनेछ । कर्कटको चुनौती मकर राशिवालाले स्वीकार गर्नेछ । यस प्रकारले दुवैको मानसिक सम्बन्ध राम्रो बन्नेछ । यिनमा स्वास्थ्य सम्बन्ध समझदारी हुनेछ । विचार, भावना र सिद्धान्तप्रति परस्पर दुवैको आग्रह लाभदायी हुनेछ । कर्कट र मकर राशिको नैर्सर्गिक प्रेम बन्नेछ । कर्कटको प्रेरणा शक्तिले मकरलाई सुदृढ कर्मनिष्ठ बनाउने दुवै मिलेर यिनको सम्बन्ध आदर्श बन्नेछ । सफल दाम्पत्यजीवनको लागी कर्कट मकरको विवाह आपसमा हुनसके यिनको वैवाहिक जीवनमा सौभाग्य र सन्तान सुखको स्थिरता बन्न जानेछ । व्यापार भागिदारी पार्टनरमा यिनीहरु आफ्नो खास महत्व राख्नेछन् । लेखापढी, अध्ययन कार्यमा परस्पर समाज बैठकमा भाग लिने व्यवहार १० प्रतिशतमा हुन्छ ।
कुम्भ राशि सँग
कर्कट राशिको कुम्भ राशि मित्र हुन्छ । तापनि सानो सानो कुरामा पनि वादविवाद हुन सक्छ । यर्सथ सफल हुनका लागि कर्कटप्रति कुम्भले गम्भीर रहन आवश्यक छ तर कर्कटको स्थिरता कुम्भको कही प्रसंगको तालमेल ठीक नहुन सक्छ । कुम्भले कर्कटलाई आफ्नो नियन्त्रणमा राख्न खोज्ने कुम्भले प्रयत्नलाई कर्कटले विफल पार्ने हुँदा सम्बन्ध तलमाथि भैरहन्छ । यिनको शारिरिक सम्बन्ध सफलै होला । मानसिक सम्बन्धमा खिचोला पर्नेछ । मित्रको अपेक्षा परस्पर विरोधी हुनेछन् । तर निर्वाहसम्म होला । पति पत्नीको रुपमा गृहस्थ जीवन केही अशान्त बनिरहन्छ । व्यापारिक भागिदार साझेदारीमा एक लाभान्वित हुने र दोस्रो क्षतिग्रस्तमा पर्नेछ ।
मीन राशिसँग
कर्कट राशिसँग मीनराशिको सम्बन्धमा यी दुवै खानाको सौखिन हुन्छन् । प्रष्ट उद्देश्य रहने र अस्थायी प्रयासबाट कर्कट मीनको सफल सम्बन्धको स्थापना हुन्छ । यिनको सम्बन्ध निजी स्वार्थको कारणले हुनेछ । भविष्यमा मार्ग दर्शन गर्ने कुरामा भारी मतभेद हुनेछ । नियम तथा स्वार्थको साथ यदि व्यापारिक साझेदारी गरेमा काम गर्नका लागि आपसमा इमान्दार हुनेछन् । पति पत्नीका लागि यिनको सम्बन्धको निर्वाहसम्म हुन्छ । यिनको शारिरिक सम्बन्धमा आत्मसन्तुष्टि हुनेछ भने कर्कट मीनको मित्रता राम्रो सिद्ध हुनेछ । केही समयपछि यिनको सम्बन्धमा कुनै अन्तराल पर्न सक्छ । कर्कटका प्रति मीनको मनमा कुनै प्रकारको रहस्यमयी भावना रहन्छ । अधिक सन्निकट सर्म्पर्कमा हानि हुनेछ