
२०६६ साल » चैत्र महिना » कर्कट राशी
ही हु हे हो डा डि डु डे डो
यस महिनामा सूर्यले तपाईलाइ भय त्रास पर्ला । व्यापारमा पनि सामान्य सफलता मिल्ला । आफन्तले सक्दो मात्रामा सहयोग गर्लान् । जिद्धी गर्ने बानीले परिवारमा कलह होला । आँखामा असर पर्न सक्ला । एउटाले तपाइको प्रशंसा गर्छ भने दोस्राले कटर शत्रु बनेर विरोध गर्नेछ । भोजन, शयनमा असुविधा होला ।मंगल ग्रह तपाइको राशिको तेस्रो स्थानको भ्रमण गर्दै हुनाले तपाइलाई श्री लाभ होला । धनको लाभको सम्भावना छ । खानपानको सुख वस्त्र अलंकारको प्राप्ति होला । तपाईका शत्रुहरु दबिनेछन् । स्वास्थ्यमा लाभको सम्भावना छ । आर्थिक आवागमन सामान्य रहला । सामाजिक कार्यमा रुचि थपिएला ।बुध ग्रह तपाईको राशिको तेस्रो स्थानमा प्रवेश गरेकोले तपाईलाई शत्रुको भय पर्ला, आफन्तमा झगडा होला । धन हानिको सम्भावना छ । मित्रको प्राप्ति होला । दुश्चिन्ता छुट्ला । तपाईको स्वभाव, राम्रो होला । तपाईलाई मंगल अनुसारकै फल मिल्ला ।शुक्र तपाईको राशिको तेस्रो स्थानमा भएकाले तपाईलाइ धन रत्न आदिको लाभ होला । महिलामा पूर्ण सुख होला । मान सम्मानमा पनि राम्रैसँग वृद्धि होला । शरिर आरोग्य होला । बस्त्र आदिको लाभ होला । समाजमा प्रतिष्ठा थपिएला । आत्मबलले काम सम्पन्न हुनमा सजिलो होला ।८ गतेबाट शुक्र तेस्रो स्थानमा जानाले धन माल र राम्रो उपकरणको लाभ होला । केही निर्णयलिन परेका कुनै बयोवृद्धको सल्लाह लिनु राम्रो होला । धेरै नबोल्नु राम्रो हुनेछ । जिद्धी गर्ने बानीले हानी गर्ला