Skip to main content

Posts

Showing posts from September, 2016

२०७३ सालको बार्षिक राशि फल

प्रारम्भमा धन तथा वाणीभावमा रहेका बृहस्पतिको प्रभावले इच्छाशक्ति एवं काममा लगनशीलता बढ्नेछ। आर्थिक तथा बौद्धिक क्षेत्रमा उन्नति हुनेछ। प्रतिभा प्रदर्शन गरेरै विभिन्न अवसर प्राप्त गर्न सकिनेछ। पुरस्कार तथा मान–सम्मान हातलागी हुने सम्भावना छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने समय छ। व्यवसाय फस्टाउनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ। प्रेम वा दाम्पत्य सम्बन्ध पनि स्थापित हुन सक्छ। साउन २२ पछि बृहस्पतिको प्रभाव कमजोर बन्नाले आत्मविश्वासमा कमी आउनेछ। उद्योग–व्यवसाय लगाव बढे पनि सञ्चित धन अरूको हातपर्नाले आर्थिक स्थिति कमजोर बन्ने देखिन्छ। अरूकै फाइदाका लागि प्रयोग भइने सम्भावना देखिएकाले सजग रहनुहोला। वाणीस्थानका राहुले वादविवाद निम्त्याउने देखिन्छ। अर्थ सञ्चयमा बाधा हुनेछ भने आलोचकहरूले छिद्र खोतल्ने प्रयास गर्नेछन्। विद्याभावका शनिको प्रभावले प्रगतिमा ढिलाइ तथा पेटको समस्या निम्त्याउने सम्भावना छ। आफन्तजन आफूविरुद्ध उभिनाले एक्लोपनाको अनुभूति हुनेछ। विधिपूर्वक राहु र शनिको आराधना गरी वटुक भैरव तथा काली भगवतीको पूजा–उपासना गर्नाले अप्ठ्यारो परिस्थितिमा पन