Skip to main content

Posts

Showing posts from May, 2015

२०७२ सालको बार्षिक राशि फल

योबर्ष ग्रहगोचर राम्रोछ । आँटेको काममा सफलता मिल्नेछ । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । नयाँकामहरू पनि पाउने योगछ । गुरुको अनुकूलताले बोलीको प्रभाव बढ्नाले भाग्य बलियोछ । धार्मिक कार्यहरुमा धेरै प्रगति देखिन्छ । शैक्षिकव्यवसाय गर्नेहरुका लागि समय बर्षभरी नै अनुकूल रहनेछ । व्यापारमा सोचेजस्तै लाभ मिल्ने र वैदेशिक कार्यहरू सुचारु भएर अघि बढ्नेछन् । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । नोकरी तथा राजनीतिमा गुमेकोस्थान फर्काउन सकिनेछ । आमदानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन् विद्यार्थी जीवनमा प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । चलिरहेको प्रेम वैवाहिक बन्धनतिर अघिबढ्नेछ । माघबाट राहु द्वितीय हुने भएकोले अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना रहेकोले बोल्न विचार पु¥याउनुहोला। दाँतमा पीडाहुने, हातका नशाहरू कमज