Skip to main content

Posts

Showing posts from 2010

कर्कट राशी

२०६६ साल » कर्कट राशी ही हु हे हो डा डि डु डे डो यो २०६६ साल हो । यस वर्ष राहुले सातौँ र केतुले पहिलो स्थानको भ्रमण गर्दैछन् । राहु र केतुको यो स्थानमा रहन्जेल सम्मको प्रभावले तपाईको संगत कुनै कन्जुस मानिसँग होला । समझदारीको वृद्धि होला । पारिवारिक कलहको सामना गर्नुपर्ला । अव्यवस्थित दिनचर्याले चिन्ता उत्पन्न होला । समाजको सेवामा लाग्नाले अनाथलाई नाबालकलाई सहयोग गर्नाले, बुढाबुढीलाई सहयोग गर्नाले बिग्रिएका कामहरु बन्लान् । देवताको शक्ति र आराधनाले मनमा शान्ति मिल्ला । कार्त्तिक १८ गतेबाट राहु छैठौँ र केतु बाह्रौ स्थानमा जानाले तपाईलाई उदर पीडाको सामना गर्नुपर्ला । हड्डीमा पीडा होला । तपाईमा मानसिक तनाब बढ्ला । एक्लै टाढाको यात्रा नगर्नु राम्रो हुनेछ । पत्नी र बच्चामा आन्तरिक दुःख हुनेछ । ब्राहृमणको संगतले कुनै काम बन्ला । पारिवारिक जीवनसंर्घषपूर्ण रहला । वैशाख ६ गतेबाट बृहस्पति आठौँ स्थानमा जानाले तपाईलाई अशुभ फलको प्राप्ति होला । कहीँ पनि शान्ति हुने छैन । बाहनबाट वा अन्य कुनै कारणबाट दुर्घटनाको योग छ । नीजि अधिकारको काम गर्दा हानी हुनेछ । लिवरको खराबी हुनसक्ला । साउन २४ गतेबाट गु