Skip to main content

२०७३ सालको बार्षिक राशि फल

प्रारम्भमा धन तथा वाणीभावमा रहेका बृहस्पतिको प्रभावले इच्छाशक्ति एवं काममा लगनशीलता बढ्नेछ। आर्थिक तथा बौद्धिक क्षेत्रमा उन्नति हुनेछ। प्रतिभा प्रदर्शन गरेरै विभिन्न अवसर प्राप्त गर्न सकिनेछ। पुरस्कार तथा मान–सम्मान हातलागी हुने सम्भावना छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने समय छ। व्यवसाय फस्टाउनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ। प्रेम वा दाम्पत्य सम्बन्ध पनि स्थापित हुन सक्छ। साउन २२ पछि बृहस्पतिको प्रभाव कमजोर बन्नाले आत्मविश्वासमा कमी आउनेछ। उद्योग–व्यवसाय लगाव बढे पनि सञ्चित धन अरूको हातपर्नाले आर्थिक स्थिति कमजोर बन्ने देखिन्छ। अरूकै फाइदाका लागि प्रयोग भइने सम्भावना देखिएकाले सजग रहनुहोला। वाणीस्थानका राहुले वादविवाद निम्त्याउने देखिन्छ। अर्थ सञ्चयमा बाधा हुनेछ भने आलोचकहरूले छिद्र खोतल्ने प्रयास गर्नेछन्। विद्याभावका शनिको प्रभावले प्रगतिमा ढिलाइ तथा पेटको समस्या निम्त्याउने सम्भावना छ। आफन्तजन आफूविरुद्ध उभिनाले एक्लोपनाको अनुभूति हुनेछ। विधिपूर्वक राहु र शनिको आराधना गरी वटुक भैरव तथा काली भगवतीको पूजा–उपासना गर्नाले अप्ठ्यारो परिस्थितिमा पनि लाभ मिल्नेछ। असार, कात्तिक र फागुन महिना अलि कष्टदायी रहनेछन् भने वैशाख, जेठ, असोज र पुस महिनामा बढी फाइदा हुनेछ । 

Comments

Popular posts from this blog

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह। )

  प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। तापनि बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नीति–नियमलाई समयमै ध्यान दिनुहाेला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य

कर्कट राशि वार्षिक राशिफल २०८२

राशि: कर्कट (Cancer) | स्वामी: चन्द्रमा | रंग: सेतो, चन्द्रविरंग | मूलांक: २, ७, ९ सामान्य वार्षिक फलः नमस्कार कर्कट राशिका साथीहरु! नेपाली संवत् २०८२ साल तपाईंको लागि भावनात्मक रूपमा गहिरो, पारिवारिक रूपमा सुखद र आर्थिक रूपमा लाभदायक हुनेछ। तपाईंको राशिका स्वामी चन्द्रमाको इस वर्ष स्थिति मजबूत रहनेछ, जसले तपाईंलाई आन्तरिक शान्ति, सहजता र सृजनात्मकताको अनुभूति दिलाउनेछ। यो वर्ष पारिवारिक जीवनमा विशेष सुख र शान्ति रहनेछ। तर, केही पुराना भावनात्मक घाउहरु उठेर आउन सक्छन्, जसलाई सामना गर्न साहसिक बन्नु पर्नेछ। आफ्नो संवेदनशीलतालाई आफ्नो शक्ति बनाउनुहोला। करियर र शिक्षाः करियरको क्षेत्रमा यो वर्ष तपाईंको लागि उत्कृष्ट रहनेछ। चन्द्रमाको अनुकूल प्रभावले तपाईंको intuition (अन्तर्ज्ञान) बलियो हुनेछ, जसले तपाईंलाई सही निर्णयहरु गर्न मदत गर्नेछ। hospitality, nursing, real estate, र creative fields मा काम गर्नेहरुको लागि विशेष रूपमा शुभ वर्ष हुनेछ। नयाँ नोकरीको opportunity पनि आउन सक्छ। विद्यार्थीहरुले artistic subjects मा विशेष सफलता पाउनेछन्। imagination लाई study मा utilize गर्न सिक्नुहोला। आर्...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले काम बन्नेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। तत्काल सामान्य लाभ भए पनि पछिलाई फाइदा हुनेछ।