Skip to main content

२०८० | वार्षिक राशिफल

 यो वर्ष मध्यम फलदायी रहेको छ। कर्मभावका बृहस्पति र राहुको संयुक्त उपस्थितिले वर्षको पूर्वार्धमा अवसर र व्यवधानका उतारचढाव देखापर्नेछन् भने मिहिनेतले आंशिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। उत्तरार्धमा अधुरा काम सम्पादन गर्दै नोकरीमा प्रवेश वा पदोन्नति तथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने र उपलब्धि जोगाउन सकिने ग्रहयोग छ। कष्टभावमा शनिको उपस्थितिले हुने साढेसाती प्रभाव भने वर्षभरि पीडादायी बन्न सक्छ। खास गरी जन्मकुण्डलीमा शनि अशुभ हुनेहरूका लागि दुर्जनको संगत, दुव्र्यसन, अर्थहानि, मानहानि, स्वास्थ्य–हानि, लाञ्छना, सहयोगीहरूबाट धोका, आफन्तसँग मतभेद, गृहकलह, अभाव, बन्धन, विपत्ति, कष्ट जस्ता विघ्नबाधासँग संघर्ष गर्नुपर्ने देखिन्छ। असोजसम्म कर्मभावमा राहुको उपस्थितिले कर्मक्षेत्रमा वादविवाद भइरहनेछ। उद्देश्य प्राप्तिका लागि नीतिनियम मिचेर अघि बढ्नुपर्ने हुँदा धेरैको विरोधसमेत सामना गर्नुपर्ला। पितामाता र अधिकारीवर्गसँग मतभेद बढ्नेछ। गृहसुखमा केतुको प्रभावले घरमा मन नअडिने र आफन्तसँग असमझदारी बढ्ने सम्भावना देखिन्छ। छाती तथा पेटको समस्याले स्वास्थ्यबाधा निम्त्याउन सक्छ। कार्तिकदेखि पराक्रममा केतु र भाग्यभावमा राहुको प्रवेशसँगै कर्मभावमा बृहस्पतिको एकल उपस्थितिले पेसा–व्यवसायमा सुधारका संकेतहरू देखा पर्नेछन्। आर्थिक उन्नतिको मार्ग प्रशस्त हुनेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। अध्ययनले नया“ गति लिनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनेछ। र, मिहिनेतले बलियो नोकरीका साथै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न समयमै ग्रहशान्ति गर्नुहोला। शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा–आराधना गर्नाले शनिदोष शान्त हुनेछ। राहु र केतुको प्रतिकूल प्रभावबाट बच्न बटुकभैरव र छिन्नमस्ता भगवतीको दर्शन–पूजा गर्नुहोला। वैशाख, जेठ, असोज र पुस महिना बढी लाभदायक रहनेछन् भने असार, कार्तिक र फागुन महिना केही कष्टदायी रहनेछन्।



उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

Comments

Popular posts from this blog

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह। )

  प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। तापनि बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नीति–नियमलाई समयमै ध्यान दिनुहाेला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य

कर्कट राशि वार्षिक राशिफल २०८२

राशि: कर्कट (Cancer) | स्वामी: चन्द्रमा | रंग: सेतो, चन्द्रविरंग | मूलांक: २, ७, ९ सामान्य वार्षिक फलः नमस्कार कर्कट राशिका साथीहरु! नेपाली संवत् २०८२ साल तपाईंको लागि भावनात्मक रूपमा गहिरो, पारिवारिक रूपमा सुखद र आर्थिक रूपमा लाभदायक हुनेछ। तपाईंको राशिका स्वामी चन्द्रमाको इस वर्ष स्थिति मजबूत रहनेछ, जसले तपाईंलाई आन्तरिक शान्ति, सहजता र सृजनात्मकताको अनुभूति दिलाउनेछ। यो वर्ष पारिवारिक जीवनमा विशेष सुख र शान्ति रहनेछ। तर, केही पुराना भावनात्मक घाउहरु उठेर आउन सक्छन्, जसलाई सामना गर्न साहसिक बन्नु पर्नेछ। आफ्नो संवेदनशीलतालाई आफ्नो शक्ति बनाउनुहोला। करियर र शिक्षाः करियरको क्षेत्रमा यो वर्ष तपाईंको लागि उत्कृष्ट रहनेछ। चन्द्रमाको अनुकूल प्रभावले तपाईंको intuition (अन्तर्ज्ञान) बलियो हुनेछ, जसले तपाईंलाई सही निर्णयहरु गर्न मदत गर्नेछ। hospitality, nursing, real estate, र creative fields मा काम गर्नेहरुको लागि विशेष रूपमा शुभ वर्ष हुनेछ। नयाँ नोकरीको opportunity पनि आउन सक्छ। विद्यार्थीहरुले artistic subjects मा विशेष सफलता पाउनेछन्। imagination लाई study मा utilize गर्न सिक्नुहोला। आर्...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले काम बन्नेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। तत्काल सामान्य लाभ भए पनि पछिलाई फाइदा हुनेछ।