Skip to main content

अन्य राशिसँगको सम्बन्ध र यसबाट हुने लाभहानि

कर्कट राशिको मेष राशि सँग

मेष राशिको कर्कट राशिसँग मित्रता, आलोचनात्मक हास्यपद हुनेछ अतः मित्रताको अपेक्षा पारिवारिक सम्बन्ध बनाएमा हितकर रहनेछ कर्कटको सुरक्षा गरेमा मेष प्रयत्नशील हुनेछ कर्कटले मेषको उग्रतालाई शान्त गर्नेछ यदि मेष कर्कटको विरोध पर्यो भने राम्रो स्थितिमा अस्तव्यस्त हुन पनि सक्छ व्यापारिक समझदारी शुभ हुँदैन पति पत्नीको रुपमा सफल दाम्पत्य जीवन हुनेछ सहयोगी,सहकमी या सहचरको रुपमा अलग अलग स्थानमा रहेमात्र दुवैको अस्तित्व सुरक्षित रहनेछ अत्यधिक निकटका भावात्मक सम्बन्ध जुध्नाले एकका लागि दोस्राको विलय हुनेछ  निकट सम्बन्ध राम्रो छैन


वृष राशि सँग

कर्कट राशिको वृष राशिसँगको सम्बन्ध सन्तुलन रहनेछ, स्थायी हुनेछ कर्कटका लागि वृष सेवक, सहायक तथा पोषको बन्नेछ कर्कट सदैव आफ्नो रुचि प्रदर्शनको आकांक्षा राख्नेछ यी सबै वृषको सहन गर्ने स्वभाव हुन्छ सुदृढ आधार विना यिनको भिन्नता परस्पर सहायकरुपमा परिणत हुनेछ वृषको सर्म्पर्कबाट उच्छृंकलता शान्त हुने कर्कटको सर्म्पर्कले वृषको क्रोध शान्त हुन्छ अतः पति पत्नीको रुपमा वा विवाहिता जीवन आनन्दपूर्ण हुनेछ व्यावसायिक भागिदारी फलदायी हुनेछ नवीन खोजीमा दुवैको मन मिल्नेछ


मिथुन राशि सँग

कर्कट राशिको मिथुन राशिसँगको सम्बन्ध परस्पर प्रीतिदायक हुनेछ बाबुछोरा या सेवक, स्वामीको रुपमा यिनको भूमिका निर्वाहको क्षमता हुनेछ तर यिनको सम्बन्ध भंग गर्ने विरोधी तत्व पनि कमी नहोलान् यिनको विचार शक्तिको खोजी प्रवृति मेलमेलापको रगंढंग निराशा हुनेछैन कर्कटबाट मिथुनलाई लाभ हुनेछ परस्परिक सहयोगले उद्योग  व्यवसाय सफल हुनेछ तर यिनको बन्धनरहित जीवन अभ्यस्त बन्नेछ पारिवारिक वातावरणको प्रेरणा मिल्नेछ मिथुन पुरुष कर्कट स्त्रीको विवाह भए दाम्पत्यजीवन सफल हुनेछ यिनका सन्तान भाग्यशाली यशस्वी हुनेछन्


कर्कट राशि सँग

कर्कटको कर्कट राशिसँग सम्बन्ध भएमा हरेक उचित कार्य सम्पन्न गर्ने प्रेरणा मिल्नेछ यिनको सहयात्रा सुखकर हुनेछ यिनको  हृदयमा व्रि्रोहको जन्म भयो भने क्रियाशीलताको अन्त्य हुनेछ यिनीहरु परस्परमा एक अर्काको गुप्तभेदको प्रकट गर्ने राशि हुन् विवाह सर्म्पर्क सहयोग एवं सम्झौताका लागि कर्कटमा कर्कटको सम्बन्ध राम्रो हुन्छ भावनाको दुरी व्यापक हुनेछ हरेक किसिमले आत्मसात गर्ने प्रवृत्ति हुनेछ अनेक चोट खाएर कष्ट खाएर पनि कर्कट - कर्कट दुइ राशिको स्त्री पुत्रादि आदर्शवादी बन्नेछन् यी कर्कट राशिका व्यक्तिहरु एक सच्चा मित्र हुनेछन्


सिंह राशि सँग

कर्कट राशिको सिंह राशिसँग नैर्सर्गिक प्रेम रहन्छ सिंहप्रति कर्कट समर्पित हुन्छ सिंहको व्यक्तित्वको सतहसम्म पुग्न कर्कटका लागि सरल हुँदैन सिंहको वृद्धावस्थासम्म सेवामा संलग्न हुनुपर्नेछ कर्कटबाट सिंहको मान्यता बढ्नेछ केवल एकले दोस्रोको सम्मान हरबखत गरेमा स्थिर हुन सक्छ केही टाढा भएमा वा रहेमा यी दुइको सम्बन्ध राम्रो रहन्छ, साथी हुनेछ एकको रहस्य दोस्रोसँग गोपनीय रहन्छ पतिपत्नीको  विषयमा यिनको सम्बन्ध विनासन्देह  सफल हुन्छ सिंह राशिवालाको उग्रता कठोर भएपनि कर्कट राशिवालाबाट शान्त गर्ने क्षमता रहन्छ यदाकदा सिंहको गर्जन असह्रनीय भएपनि दुइ मन एक अर्काप्रति आसक्त रहन्छन् स्वामी मित्र पर्ने हुँदा वैवाहिक जीवन फलदायी हुनेछ

कन्या राशिसँग

कन्या राशिको कर्कटसँग न्यायोचित सम्बन्ध रहन्छ कर्कट स्त्री, कन्या पुरुषप्रति प्रेमले समर्पित हुनेछ प्रेम आजीवन गोपनीय राख्न सक्षम हुनेछ कन्याद्धारा कर्कटको घरेलु जीवन स्थिति सम्पत्ति एवं स्थायित्वमा राम्रो प्रभाव पर्नेछ कम आयु भएको कर्कटको मित्रता अधिक आयु भएको कन्या राशिवालासँग योग्य हुन्छ यदि कर्कटको कडा ग्रह परेमा सम्बन्ध विच्छेद हुने सम्भावना रहन्छ कर्कटबाट कन्यालाई शक्ति मिल्नेछ कन्याको धन सम्पत्ति विस्तार एवं सौर्न्दर्यप्रति कर्कटको विशेष लगाम हुनेछ अथवा तान्ने डोरी हुनेछ पति पत्नी भागिदारीमा सम्बन्ध सफल रहन्छ


तुला राशिसँग

कर्कट राशिको तुला राशिसँग सम्बन्धले जन्म जमान्तर प्रेम हुनेछ  तुला कर्कटको साथ सहकर्मी, सहचर तथा परस्पर सहयोगी बन्नेछ अत्याधिक नाजुक स्थितिमा पनि सावधानी भइ यिनको सम्बन्धको निर्वाह हुनेछ दुवैको निष्कपट हृदय हुनेछ परस्पर सुमधुर सम्बन्ध कायम हुनेछ बूढो भएर वा दुःख परेमा यिनको मधुरताको स्थिति रहन्छ दुवैको आपसी सर्म्पर्कमा एकले दोस्रोको बौद्धिक विकास गर्ने हुँदा आध्यात्मिक अभिरुचि विस्तृत बन्नेछ पति पत्नीको रुपमा सफल दाम्पत्य जीवन सोभाग्य सन्तानका लागि संवर्धक हुनेछ यिनीहरु पार्टनरीय ग्रुप आदिमा पनि एककृत भएका हुन्छन् आफ्नो प्रेमको स्थायित्व हुनेछ


वृश्चिक राशिसँग

कर्कट राशिको वृश्चिक राशिसँग सम्बन्ध कष्टकारी हुनेछ यिनको सम्बन्ध विनोदनीय हुन्छ तर मन  दलबदल पनि हुन्छ राशिको स्वामी मित्र ग्रह भएकोले अरु दोषको नाश हुनेछ कर्कट वृश्चिकको परस्पर आत्मीय सम्बन्ध अवश्य रहन्छ जलतत्व प्रधान राशि हुँदा वैवाहिक पति पत्नीको रुपमा सफलै हुनेछ किन्तु तथ्यात्मक प्रसंगमा बाहिरी मनोरञ्जन प्रवृतिबाट बच्न अनिवार्य पर्नेछ वृश्चिकको लागि कर्कट राशि एक उत्तम साथी हुन्छ परस्पर सहयोगको भावना बढ्नेछ दुवैको सहयात्रा लाभकारी हुन्छ दुवै मिलेर अनुसन्धान कार्य गर्न सफल हुनेछन् परिवारको सहायता पनि हुनेछ।


धनु राशिसँग

कर्कटको धनुराशि एकपक्षीय हितकारी सम्बन्ध रहनेछ दुवैको सम्बन्धमा सुदुर यात्रा हुनेछ कुनै समस्या पैदा भएमा एकको प्रलय दोस्राको चुनौती हुनेछ यी राशिहरुको षडकाष्ट परेको स्वामी मित्र कर्कटबाट धनु उत्सुक हुन्छ धनुबाट कर्कटले आत्म त्याग गर्ने प्रेरणा मिलेको महसुस गर्छ पति पत्नीमा केही समयसम्म सफल रहन्छ परन्तु भिन्नता भागीदारी राम्रो हुँदैन ठूला मानिस तथा  समाजको बीच कानूनी स्तरमा आपसमा सन्धि मेलमिलाप हुनेछ आपसमा एक दोस्राको प्रति मनमुटाव भइ दुर्भावना उठ्नेछ


मकर राशिसँग

कर्कट राशिको मीन राशिसँगको सम्बन्धमा परस्पर ठाकठूक रहनेछ कर्कटको चुनौती मकर राशिवालाले स्वीकार गर्नेछ यस प्रकारले दुवैको मानसिक सम्बन्ध राम्रो बन्नेछ यिनमा स्वास्थ्य सम्बन्ध समझदारी हुनेछ विचार, भावना सिद्धान्तप्रति  परस्पर दुवैको आग्रह लाभदायी हुनेछ कर्कट  मकर राशिको नैर्सर्गिक प्रेम बन्नेछ कर्कटको प्रेरणा शक्तिले मकरलाई सुदृढ कर्मनिष्ठ बनाउने दुवै मिलेर यिनको सम्बन्ध आदर्श बन्नेछ सफल दाम्पत्यजीवनको लागी कर्कट मकरको विवाह आपसमा हुनसके यिनको वैवाहिक जीवनमा सौभाग्य सन्तान सुखको स्थिरता बन्न जानेछ व्यापार भागिदारी पार्टनरमा यिनीहरु आफ्नो खास महत्व राख्नेछन् लेखापढी, अध्ययन कार्यमा परस्पर समाज बैठकमा भाग लिने व्यवहार १० प्रतिशतमा हुन्छ


कुम्भ राशि सँग

कर्कट राशिको कुम्भ राशि मित्र हुन्छ तापनि सानो सानो कुरामा पनि वादविवाद हुन सक्छ यर्सथ सफल हुनका लागि कर्कटप्रति कुम्भले गम्भीर रहन आवश्यक तर कर्कटको स्थिरता कुम्भको कही प्रसंगको तालमेल ठीक नहुन सक्छ कुम्भले कर्कटलाई आफ्नो नियन्त्रणमा राख्न खोज्ने कुम्भले प्रयत्नलाई कर्कटले विफल पार्ने हुँदा सम्बन्ध तलमाथि भैरहन्छ यिनको शारिरिक सम्बन्ध सफलै होला मानसिक सम्बन्धमा खिचोला पर्नेछ मित्रको अपेक्षा परस्पर विरोधी हुनेछन् तर निर्वाहसम्म होला पति पत्नीको रुपमा गृहस्थ जीवन केही अशान्त बनिरहन्छ व्यापारिक भागिदार साझेदारीमा एक लाभान्वित हुने दोस्रो क्षतिग्रस्तमा पर्नेछ


मीन राशिसँग

कर्कट राशिसँग मीनराशिको सम्बन्धमा यी दुवै खानाको सौखिन हुन्छन् प्रष्ट उद्देश्य रहने अस्थायी प्रयासबाट कर्कट मीनको सफल सम्बन्धको स्थापना हुन्छ यिनको सम्बन्ध निजी स्वार्थको कारणले हुनेछ भविष्यमा मार्ग दर्शन गर्ने कुरामा भारी मतभेद हुनेछ नियम तथा स्वार्थको साथ यदि व्यापारिक साझेदारी गरेमा काम गर्नका लागि आपसमा इमान्दार हुनेछन् पति पत्नीका लागि यिनको सम्बन्धको निर्वाहसम्म हुन्छ यिनको शारिरिक सम्बन्धमा आत्मसन्तुष्टि हुनेछ भने कर्कट मीनको मित्रता राम्रो सिद्ध हुनेछ केही समयपछि यिनको सम्बन्धमा कुनै अन्तराल पर्न सक्छ कर्कटका प्रति मीनको मनमा कुनै प्रकारको रहस्यमयी भावना रहन्छ अधिक सन्निकट सर्म्पर्कमा हानि हुनेछ 

Comments

Popular posts from this blog

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह। )

  प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। तापनि बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नीति–नियमलाई समयमै ध्यान दिनुहाेला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य

कर्कट राशि वार्षिक राशिफल २०८२

राशि: कर्कट (Cancer) | स्वामी: चन्द्रमा | रंग: सेतो, चन्द्रविरंग | मूलांक: २, ७, ९ सामान्य वार्षिक फलः नमस्कार कर्कट राशिका साथीहरु! नेपाली संवत् २०८२ साल तपाईंको लागि भावनात्मक रूपमा गहिरो, पारिवारिक रूपमा सुखद र आर्थिक रूपमा लाभदायक हुनेछ। तपाईंको राशिका स्वामी चन्द्रमाको इस वर्ष स्थिति मजबूत रहनेछ, जसले तपाईंलाई आन्तरिक शान्ति, सहजता र सृजनात्मकताको अनुभूति दिलाउनेछ। यो वर्ष पारिवारिक जीवनमा विशेष सुख र शान्ति रहनेछ। तर, केही पुराना भावनात्मक घाउहरु उठेर आउन सक्छन्, जसलाई सामना गर्न साहसिक बन्नु पर्नेछ। आफ्नो संवेदनशीलतालाई आफ्नो शक्ति बनाउनुहोला। करियर र शिक्षाः करियरको क्षेत्रमा यो वर्ष तपाईंको लागि उत्कृष्ट रहनेछ। चन्द्रमाको अनुकूल प्रभावले तपाईंको intuition (अन्तर्ज्ञान) बलियो हुनेछ, जसले तपाईंलाई सही निर्णयहरु गर्न मदत गर्नेछ। hospitality, nursing, real estate, र creative fields मा काम गर्नेहरुको लागि विशेष रूपमा शुभ वर्ष हुनेछ। नयाँ नोकरीको opportunity पनि आउन सक्छ। विद्यार्थीहरुले artistic subjects मा विशेष सफलता पाउनेछन्। imagination लाई study मा utilize गर्न सिक्नुहोला। आर्...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले काम बन्नेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। तत्काल सामान्य लाभ भए पनि पछिलाई फाइदा हुनेछ।